प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनको भवन समुद्‍घाटन

२०८०-०५-२३

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री माननीय गंगा नारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा आन्तरिक मामिला तथा कानून सचिव ध्रुव गैडाज्यू, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यू, जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिज्यूहरु,  सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मी, स्थानिय व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । साथै उक्त कार्यक्रममा प्रहरी कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने विभिन्न निकायका व्यक्तित्वहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्री माननीय गंगा नारायण श्रेष्ठज्यूबाट सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको । 

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  नारायणगढबाट बिराटनगर तर्फ जाँदै गरेको प्र.१.-०१-००१ ख ३६७३ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा निलो झोला भित्र रहेको ५ किलोग्राम लागुऔषध गाँजा फेला परेको । उक्त बसमा सवार जिल्ला सुनसरी ईनरुवा नगरपालिका-७, घर भई हाल बिराटनगर महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी १८ को आश नारायण चौधरीले ल्याएको भनी खुल्न आएको । निजलाइ लागुऔषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।