प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेवारिसे शव फेला

२०८०-०५-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उपमहानगरपालिका-१४, मयुरधाप डाईबर डाँडा स्थित रहेको चुरियामाई जङ्गलमा हाल नाम,थर,वतन,उमेर नखुलेको सडिगलि सकेको  हड्डी मात्र रहेको अवस्थामा मानिसको शव फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन भरतपुर महानगरपालिका-२६, सिसवार स्थित नारायणी नदीले बगाई ल्याएको सडि गलेको अवस्थामा नाम, थर, वतन नखुलेको कपाल फुलेको वर्ष अन्दाजी ५५/५६ को जस्तो देखिने पुरुष व्यक्त्तिको मृत लास फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।