प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुन सहित मानिस नियन्त्रणमा

२०८०-०३-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व-पश्चिम सडक-खण्डमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले काठमाण्डौबाट बिरगंज तर्फ जाँदै गरेको ना.१ ज.७४५० नं.को यात्रु बाहक टाटा सुमो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका-१ बस्ने वर्ष-३५ को प्रभु साह सोनार लाई संका लागी चेकजाँच गर्दा निजको साथबाट सुन जस्तो पहेलो देखिने वस्तु अन्दाजी ४९० ग्राम थान -१ फेला परेको थियो । निज प्रभु साह सोनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।