प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०२-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२, ठुलोदमार स्थित ना ६३ प ६५८७ नम्बरको मोटरसाईकलमा लागुऔषध सहित मानिस आएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी टोली खटी गई उक्त मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक हेटौंडा उपमहानगरपालिका-१७, राजदेवि बस्ने वर्ष अन्दाजी ४९ को बद्री खड्का र पछाडी सवार हेटौंडा उपमहानगरपालिका-१८, भोर्ले बस्ने वर्ष अन्दाजी २३ को सन्देश भुजेलको साथबाट अन्दाजी ९२० ग्राम लागुऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।