प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस मृत अवस्थामा फेला

२०८०-०२-०२

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-८, घ्याङडाडा स्थित बस्ने वर्ष अन्दाजी ७०/७२ को तारा बहादुर नेपाली घरबाट अन्दाजी ३०० मिटर पश्चिम तर्फ बृष बहादुर तामाङको बारीमा मृत अवस्थामा लास फेला परेको छ । मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
२२० किलोग्राम लागुऔषध गाँजा सहित दुई जना मानिस नियन्त्रणमा
२०८२-०६-२६

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, खटौती स्थित गोर्खाली होटेल अगाडि पार्किङ गरी राखेको BR 01 GB 8653 नं.को भारतीय TATA मिनि ट्रकमा लागुऔषध लुकाई छिपाई राखि चितवन तर्फ लैजाँदै छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी जोगिमाराबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोलि खटि गई उक्त नम्बरको ट्रकलाई नियन्त्रणमा लिई प्रहरी चौकी जोगिमारा धादिङमा ल्याई चेकजाँच तथा सोधपुछ गर्दा उक्त ट्रकको क्याबिन पछाडि ढालामा फलस बटन बनाई भित्र प्लाष्टिकले बेरी कालो डोरीले बाँधेको ३० पोकामा अन्दाजी २२० किलोग्राम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने वर्ष २८ को दिनानाथ यादब र सोहि कालिकामाई गाउँपालिका-१ बस्ने वर्ष ५३ को कमल राउत कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।