प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०१-२७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-६, माझीटार प्रहरी चेकपोष्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट काठमाण्डौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७६७ नम्बरको हायस गाडीमा सवार जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका-४, माईस्थान बस्ने २१ वर्षीय रविन विश्वकर्माको  साथमा  Exiplon लेखिएको 100 ml को बोतल थान-२ र NITRAVET-10 लेखिएको ट्याब्लेट १० पिस लागुऔषध फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१५० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०५-३१

मकवानपुर, भीमफेदि गाउँपालिका-२, भैसे चेकपोष्ट अगाडी प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको बा २ ख ३२१९ नं.को डिब्बा ट्रक भित्र रहेको स्टिलको दराज भित्र ६ पोका र स्टिलको बक्सा भित्र ६ पोका गरि जम्मा १२ पेटि अन्दाजी १५० किलोग्राम लागुऔषध गाँजा फेला परेको । ट्रक चालक जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ४१ को विर बहादुर तामाङलाई लागुऔषध गाँजा र ट्रक सहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर तर्फ पठाईएको । 

धादिङमा छुटा छुटै स्थानमा मानिस झुण्डी मृत्यु
२०८२-०५-३०

धादिङ, निलकण्ठ नगरपालिका-३, क्याम्पस चोक स्थित बस्ने वर्ष ३४ को रामचन्द्र श्रेष्ठ आफ्नै घरमा किरान पसल भित्र रहेको सिलिङ फ्यानको डण्डिमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, जोगि डाँडा स्थित बस्ने दिपक बि.क.को छोरी वर्ष अन्दाजी १५ की पुजा बि.क.ले आफ्नै घरको आफु सुत्ने कोठामा रहेको फलामको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।