प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध युरिया मल बरामद

२०८०-०१-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-४, मदन भण्डारी राजमार्ग स्थित प्रहरी चौकी महेन्द्रझ्याडी चेकपोष्ट अगाडी प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा सर्लाही कर्मैयाबाट हरिहरपुरगढी तर्फ जाँदै गरेको ना ५ त ७४३७ नम्बरको ट्याक्टर चेकजाँच गर्दा जिल्ला सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-५, बोटेनी बस्ने २३ वर्षीय नेत्र बहादुर लो ले चलाएको उक्त ट्याक्टरमा भ्याट बिल साथमा नभएको ५५ बोरा युरिया मल फेला परेको हुँदा ट्रयाक्टर सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।