प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

जडिबुटी सहित मानिस नियन्त्रणमा

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाईकुण्ड गाउँपालिका-२, धुन्चे बजार स्थित चेक प्वाईन्टमा प्रहरी टोलिले काठमाण्डौंबाट टिमुरे तर्फ जाँदै गरेको ना ६ ख ३५९७ नम्बरको कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा चालकको पछाडि सिटमा लुकाई छिपाइ ल्याएको अन्दाजी १० केजी २८० ग्राम कालो मुसली नाम गरेको जडिबुटी फेला परेको छ । उक्त कन्टेनर र चालक/सवारी धनी जिल्ला रसुवा, कालिका गाउँपालिका-१ बस्ने ३३ वर्षीय रामकृष्ण वाईबा समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।