प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

जडिबुटी सहित मानिस नियन्त्रणमा

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाईकुण्ड गाउँपालिका-२, धुन्चे बजार स्थित चेक प्वाईन्टमा प्रहरी टोलिले काठमाण्डौंबाट टिमुरे तर्फ जाँदै गरेको ना ६ ख ३५९७ नम्बरको कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा चालकको पछाडि सिटमा लुकाई छिपाइ ल्याएको अन्दाजी १० केजी २८० ग्राम कालो मुसली नाम गरेको जडिबुटी फेला परेको छ । उक्त कन्टेनर र चालक/सवारी धनी जिल्ला रसुवा, कालिका गाउँपालिका-१ बस्ने ३३ वर्षीय रामकृष्ण वाईबा समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ४० वर्षीय महिलाको मृत्यु
२०८३-०१-०४

मकवानपुर, बागमती गाउँपालिका-७ पाथिभरा स्थित मदन भण्डारी लोक मार्गमा दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाक प्रहरी कार्यालय फापरबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटी गई बुझ्दा सोहि स्थानको सडकको बायाँ छेउमा रोकि रहेको ना २ ह ४५९२ नम्बर अटोलाई हेटौंडाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ३०८१ नम्बरको कारले ठक्कर दिदा दुबै सवारी साधनहरु सडकको नालिमा खस्न गई दुर्घटना हुँदा अटोमा सवार ३ जनालाई उपचारको लागी अस्पताल लगिएकोमा बागमती गाउँपालिका-७ बस्ने वर्ष ४० की चिनी माया रूम्बालाई डाक्टरले मृत घोषणा गरेको र २ जनाको उपचार भईरहेको छ ।