प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना हुँदा चालकको मृत्यु

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-७, राम्चे स्थित भित्री कच्ची सडक खण्डमा हाप्सेचौरबाट बज्रकाली ढुङ्गा खानी तर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको टिफर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा टिफर चालक जिल्ला धादिङ, थाक्रे गाउँपालिका-७, राम्चे बस्ने ३० वर्षीय अन्जन तामाङ गम्भिर घाईते भई उपचारको लागी ट्रमा सेन्टर काठमाडौँ तर्फ पठाईएकोमा निज उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।