प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङ, रामेछाप र चितवनमा झुण्डी मृत्यु

२०७९-१२-०७

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-२, ढाडे बस्ने ५२ वर्षीय डोलराज थापा घर नजिकै रहेको सालको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

रामेछाप, मन्थली नगरपालिका-१, कटहरबोट स्थित डेरा गरी बस्ने सोही ठेगाना स्थायी घर भएकी ३० वर्षीया अनु श्रेष्ठ आफैं सुत्ने कोठाको सिलिङ पंखा झुन्डाउने रडमा सलको पासो लगाई झुन्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, कालिका नगरपालिका-७, बिजयटोल स्थित बस्ने २२ वर्षीया अनु गुरुङ आफ्नै माईती घरको दलिनमा रहेको फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१०

चितवन, रत्ननगर नगरपालिका-१४, पारिजात चोक स्थितमा प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्टको साथबाट लागुऔषध ब्राउन सुगर ३२० मिलीग्राम, जिल्ला बारा कलैया नगरपालिका-७ घर भई हाल जिल्ला चितवन कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय अबदुल अन्सारी भन्ने नेजाबुद अन्सारीको साथबाट १४० मिलीग्राम ब्राउन सुगर  र जिल्ला चितवन रत्ननगर नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठको लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा पठाएको छ ।