प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट र सिन्धुपाल्चोकमा बेवारिसे लाश फेला

२०७९-१२-०५

  • A
  • A-
  • A+
Share

नुवाकोट, विदुर नगरपालिका-३, बुनेबेशी स्थित त्रिशुली नदीको किनार नजिकै झाडीमा नाम थर वतन नखुलेको पुरुष व्यक्तिको लाश सडीगली सकेको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-३, ठूलोभोताङ स्थित भीरको बाटोबाट अन्दाजी ४०० मिटर तल खसी उतिसको रूख मुनी घोप्टो परेको हाल नामथर वतन नखुलेको खैरो दौरा सुरुवाल, रातो सुइटर लगाएको, सेतो पटुका बाँधेको अन्दाजी ६०/६५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१०

चितवन, रत्ननगर नगरपालिका-१४, पारिजात चोक स्थितमा प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्टको साथबाट लागुऔषध ब्राउन सुगर ३२० मिलीग्राम, जिल्ला बारा कलैया नगरपालिका-७ घर भई हाल जिल्ला चितवन कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय अबदुल अन्सारी भन्ने नेजाबुद अन्सारीको साथबाट १४० मिलीग्राम ब्राउन सुगर  र जिल्ला चितवन रत्ननगर नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठको लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा पठाएको छ ।