प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट र सिन्धुपाल्चोकमा बेवारिसे लाश फेला

२०७९-१२-०५

  • A
  • A-
  • A+
Share

नुवाकोट, विदुर नगरपालिका-३, बुनेबेशी स्थित त्रिशुली नदीको किनार नजिकै झाडीमा नाम थर वतन नखुलेको पुरुष व्यक्तिको लाश सडीगली सकेको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-३, ठूलोभोताङ स्थित भीरको बाटोबाट अन्दाजी ४०० मिटर तल खसी उतिसको रूख मुनी घोप्टो परेको हाल नामथर वतन नखुलेको खैरो दौरा सुरुवाल, रातो सुइटर लगाएको, सेतो पटुका बाँधेको अन्दाजी ६०/६५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।