प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै जिल्लामा झुण्डी मृत्यु

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

काभ्रे, चौरी देउराली गाउँपालिका-४ बस्ने अन्दाजी ४० वर्षीय शशिधर चौलागाई फलाटको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, रत्ननगर नगरपालिका-१५, दिग्दर्शन टोल स्थित डेरामा बस्ने जिल्ला गोरखा घर भएकी अन्दाजी ४०/४५ वर्षीया उजेली नेपाली आफै सुत्ने कोठाको फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

दोलखा, गौरीशंकर गाउँपालिका-४, यार्सा बस्ने अन्दाजी ४० वर्षीय नर्बु तामाङ आफु सुत्ने कोठाको दलिनमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

भक्तपुर, सुर्यविनायक नगरपालिका-८, घर भई हाल जिल्ला काभ्रे बनेपा नगरपालिका-१२, बाँसडोल गोठडाँडामा बसोबास गर्दै आएको ९० वर्षीय सुकमान तामाङ घरदेखी १० मिटर उत्तर पैयुँको रूखमा गलबन्दीको पासो लगाई झुण्डी मृत्त अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।