प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै जिल्लामा झुण्डी मृत्यु

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

काभ्रे, चौरी देउराली गाउँपालिका-४ बस्ने अन्दाजी ४० वर्षीय शशिधर चौलागाई फलाटको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, रत्ननगर नगरपालिका-१५, दिग्दर्शन टोल स्थित डेरामा बस्ने जिल्ला गोरखा घर भएकी अन्दाजी ४०/४५ वर्षीया उजेली नेपाली आफै सुत्ने कोठाको फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

दोलखा, गौरीशंकर गाउँपालिका-४, यार्सा बस्ने अन्दाजी ४० वर्षीय नर्बु तामाङ आफु सुत्ने कोठाको दलिनमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

भक्तपुर, सुर्यविनायक नगरपालिका-८, घर भई हाल जिल्ला काभ्रे बनेपा नगरपालिका-१२, बाँसडोल गोठडाँडामा बसोबास गर्दै आएको ९० वर्षीय सुकमान तामाङ घरदेखी १० मिटर उत्तर पैयुँको रूखमा गलबन्दीको पासो लगाई झुण्डी मृत्त अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-११-११

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजारमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको ५ जनाको टोलीले  गस्ति गर्दै जाने क्रममा सडक छेउमा हिडीरहेकी देश भारत जिल्ला बेतिया १४ बस्ने वर्ष अन्दाजी ३६ की रिना देबीलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको कपडाको बुटेझोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाजाँ ५ किलो १०६ ग्राम फेला परेको । निज रिना देबीसँगै हिडेरहेको सोहि-१०, बस्ने वर्ष अन्दाजी ३५ को रुपेश कुमार र अन्दाजी वर्ष ४० को राकेश कुमार समेतलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा ल्याईएको ।