प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलान्चोक:- मानब कंकाल फेला

२०७८-०६-१५

  • A
  • A-
  • A+
Share

असोज १५, मन्डनदेउपुर नगरपालिका-७ झगरपुर स्थित रहेको रातमाटे सामुदायिक बनमा महिलाको मानब कंकाल फेला परेको, प्रहरीचौकी हिगुवापाटि बाट प्र.स.नि. को कमाण्डमा ३ जनाको टोली खटी गई बुझ्दा सोहि बस्ने वर्ष ४५ की ठुलीमाया राई मिति २०७८।०५।१० गते बिहान च्याउ खोज्न जान्छु भनि हिडेकोमा हराई बेपत्ता भएको भनि मिति २०७८।०५।१२ गते आफन्तले यस चौकीमा हुलिया सहितको निवेदन दिएको, कपडाको आधारमा आफन्तले उक्त मानव कंकाल निज महिलाको हो भनी सनाखत गरेको, घट्नास्थल लाशजाँच मुचुल्का सहित घट्ना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।