प्रहरी कार्यालय
मकवानपुर, जिल्ला अदालत मकवानपुरको फैसलाले १ महिना कैद रु. ३,०००।– (तिन हजार) जरिवाना तोकिएको बैंकिङ कसुर (ठगी) मुद्धाको फरार प्रतिबादी जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-०९ प्रगतिटोल बस्ने वर्ष अन्दाजी- ४० को बुद्धिलाल लो खोजतलाश गर्दै जाने क्रममा सोहि स्थान-०९ प्रगति चोकमा बसिरहेको अबस्थामा पक्राउ गरी आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।
मकवानपुर हेटौडा उपमहानगरपालिका ८ ओमनगर नजिकै बस्ने वर्ष अन्दाजी ३१ को राजकुमार खड्कालाई सुशान्त श्रेष्ठको जाहेरीले नेपाल सरकारको फैसला मिति २०८२।०२।१८ गतेको लगतै चोरी मुद्दामा फरार रहेका प्रतिवादीको २ वर्ष कैद रु.२०,०००।- जरिवाना रहेको फरार प्रतिवादिलाई निजकै घरबाट इलका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर र अस्थायी प्रहरी पोष्ट हरियालि मकवानपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने …
मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुरको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-०७ बतासे घर भई हाल ऐ.हेटौडा उप-महानगरपालिका-०९ H.I.D. बस्ने वर्ष अन्दाजी-४५ की देउ कुमारी पौडेल (स्याङतान) भएको दोहोरो नागरिकता मुद्धा (चालु मुद्धा) को फरार प्रतिवादी आफै जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उपस्थित हुन आएकोले निजलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला रामेछाप मन्थली नगरपालिका-११ बरबोटे बस्ने वर्ष अन्दाजी ३० को लब आच्छामी आफ्नै घरको सुत्ने कोठाको दलिनमा खाँदा सलको पासो लागाई झुन्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने वर्ष अन्दाजी ३१ की सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हिरोइन लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडा मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोहि स्थानमा गई रितपूर्वक खानतलासी गर्दा निज सुत्ने गरेको कोठा भित्र कपडा राख्ने स्टिलको दराजमा लुकाई छिपाई राखेको …
जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२ कुर्लेदमार खेल मैदानमा “७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा तथा बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडा मकवानपुरको आयोजना र मकवानपुरगढी गाउँपालिकाको समन्वयमा स्थानिय सर्वसाधरण, बाहालवाला तथा पुर्व प्रहरी कर्मचारीको लागि नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम गरिएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी …
जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-७ आँपटारी स्थि वर्ष अन्दाजी ५८ की रुकमणी कुवर आफ्नै घर भित्र आफै सुत्ने कोठाको दलिनमा नाईलनको डोरीको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !!!
प्राविधिक प्रहरी समूह अन्तर्गत केनाईनतर्फ सञ्चारतर्फ, संगिततर्फ र सवारीतर्फ प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०२।२२ गते) ।
जनपद प्रहरी समूहतर्फका प्रहरी बरिष्ठ हवल्दारहरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८२।१०।०२ गते) ।
प्रहरी कार्यालय सहयोगी पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा तालिका सम्बन्धी सूचना (२०८२-०८-११)
प्रहरी जवान (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा तालिका सम्बन्धी सूचना (२०८२-०८-११)
प्रहरी नायव महानिरीक्षकहरुको सरुवा सम्बन्धमा ।
प्रशिक्षार्थी दरबन्दी भएका जनपद प्रहरी समूहतर्फको प्रहरी जवानहरुको सरुवा सम्बन्धमा (मिति २०८२।०८।०३ गते)।