प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन गराई फरार रहेका बुवा झुण्डी मृत अवस्थामा फेला

२०७९-११-०६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१३ ठुलोसिरुवारी अर्चले बस्ने मामा उमेश कुमार दुलालको घरमा विगत २/३ महिना देखि बस्दै आएको जिल्ला धादिङ धुनिबेशी नगरपालिका-२ महेशफाट बस्ने कमल कडेलको छोराहरु जेठो वर्ष १० को सुभम कडेल र कान्छो वर्ष ४ को सुलस कडेल दुबै छोराहरुलाई भेट्छु भनि निज कमल कडेल आई छोराहरु सँग सुतेकोमा दुवै छोरा लाई नाम नखुलेको विषादी खुवाएका छन । विषादी सेवनबाट बिरामी भएका दाजुभाईको उपचारको लागी जिल्ला अस्पताल चौतारा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ । जस मध्ये जेठो सुभम कडेलको अवस्था मध्यम बोल्न सक्ने छ भने कान्छो सुलस कडेल बोल्न नसक्ने गम्भिर अवस्थामा रहेका छन । निजहरुको बुबा बिषादी सेवन गराई फरार रहेको, निज कडेललाई खोज्दै जाने क्रममा ससुराली घरदेखि अन्दाजी ३०० मिटर पूर्ब रहेको तल्लोपाखा सामुदायिक वनमा चिलाउनेको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । बिरामी बच्चाहरुको आमा विदेश दुबईमा रहेको । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।