प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-८, दारिमबास स्थित पुर्व-पश्चिम सडकखण्डमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिईएको छ । प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा हिडिरहेको देश भारत बिहार थाना बेतिया ग्राम पर्बत पथराई ५ बस्ने २५ वर्षीय सम्सोदिन अंसारी, ४५ वर्षीय श्याम किशोर सिंह र सोहि स्थित बस्ने १९ वर्षीय दुर्लब कुमारलाई रोकि चेकजाँच गर्ने क्रममा ज्याकेट भित्र लुकाई छिपाई ल्याएको लागुऔषद गाँजा ‌५ किलो ५७० ग्राम सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।