प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०७९-११-०३

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिविधीको बारेमा जानकारी लिनुका साथै नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ ।
निरीक्षण तथा अवलोकन भ्रमण पश्चात प्रदेश प्रहरी प्रमुख थापाले काभ्रेपलाञ्चोक जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा नागरिक समाजका बिभिन्न व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।