प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०७९-११-०२

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय नुवाकोटको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय नुवाकोटको बस्तुस्थिति र जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका बिभिन्न शाखाहरुको निरीक्षण गर्नुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा प्रदेश प्रहरी प्रमुख थापाले प्राकृतिक स्रोतको अवैध दोहन तथा तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।
यसैगरी निरीक्षण तथा अवलोकन भ्रमण पश्चात प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले नुवाकोट जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको छ । छलफलका क्रममा प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।