प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-११-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९, ज्यामिरे स्थित पुर्व-पश्चिम सडकखण्डको किनारामा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिईएको छ । पालुङबाट आई रोकिराखेको ना.६ ख ४५२० न. को डिब्बा ट्रक लाई चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी १५८ किलो फेला परेका थिए । उक्त ट्रकको सहचालक जिल्ला मकलवानपुर थाहा नगरपालिका-३, गोपालीगाउँ बस्ने अन्दाजी १८ वर्षीय बिशाल गोपाली रहेका थिए । निज बिशाल गोपालीलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिईएको छ ।  घटमा सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।