प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०७९-१०-२६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा रहेका बिभिन्न शाखाहरु, हिरासत कक्ष लगायतको निरीक्षण गर्नुको साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख थापाले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न, प्राकृतिक स्रोतको अवैध दोहन तथा तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो । 

यसैगरी निरीक्षण तथा अवलोकन भ्रमणकै क्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले सिन्धुपाल्चोक जिल्लास्थित स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको छ । छलफलका क्रममा प्रदेशको शान्ति, सुरक्षाका विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ ।


सम्बन्धित समाचार
अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४, मेनरोड स्थित बलराम दास पेट्रोल पम्प अगाडी बिष्णु देवी नकर्मीको घरमा रहेको मोटरसाईकल वर्कशपमा लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटि गई वर्कशपमा बसेको जिल्ला सप्तरी राजगढ गाउँपालिका-२, घर भई हाल हेटौंडा उपमहानगरपालिका-१०, आँखा अस्पताल अगाडी डेरा गरी बस्ने वर्ष अन्दाजी ३६ को अजय सिंहलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो रोईन जस्तो देखिने पदार्थ १ ग्राम २८० मिली ग्राम (तौल गर्दा) फेला परेको ।  वर्कशप संचालक जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका-६, घर भई हाल हेटौंडा उपमहानगरपालिका-९, लामसुरे डेरा गरी बस्ने वर्ष अन्दाजी ३६ को शैलेन्द्र चौधरी समेत गरी दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।