प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रिशुली नदीको किनारमा मृत लाश फेला

२०७९-१०-२५

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-१ त्रिशुली बजार स्थित त्रिशुली नदीको किनारमा सोहि स्थित बस्ने अन्दाजी वर्ष ८५ कि ज्ञानुमाया महर्जन मृत अवस्थामा फेला परेकी छिन । निज महर्जनलाई स्थानियहरुले देखी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त लाश हेर्दा तातै रहेकोले एम्बुलेन्स द्धारा तत्काल जिल्ला अस्पताल त्रिशुली नुवाकोट पठाईएकोमा अस्पतालले निज महर्जनलाई मृत घोषणा गरेको थियो । प्रहरीले लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।