प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा सागाचोकगढी नगरपालिका-१ स्याउले बस्ने बर्ष ६० को फुल बहादुर लामालाई प्रहरीले एक नाले खाली भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । प्रहरीको गस्ति टोलीलाई देख्न साथ शंकास्पद बस्तु जस्तो देखिने लिई भागेकोले निज लामालाई नियन्त्रणमा लिई खोजतलाश गर्दा निजको साथमा एक नाले खाली भरुवा बन्दुक थान-१ फेला परेको थियो । निज लामालाई भरुवा बन्दुक साहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।