प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

श्रीमान प्रहरी महानिरीक्षकको मिति २०७९-१०-१९ गतेको निर्णय अनुसार यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरबाट जिल्ला प्रहरी कार्यालय धादिङ सरुवा भई जान लाग्नुभएका प्रहरी उपरीक्षक गौतम मिश्रको बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले पुष्पगुच्छा, खादा र मायाको चिनो प्रदान गरी प्रहरी उपरीक्षक मिश्रको यस कार्यालयबाट बिदाई तथा आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको हो । कार्यक्रममा उपस्थित प्रदेश प्रहरी प्रबक्ता प्रहरी उपरीक्षक दिपक रेग्मी लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुले मिश्रको आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।