प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी दुई जनाको मृत्यु

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-५ स्थितमा रहेको कामना बिकाश बैंकको ट्वाईलेटको भेन्टिलेटरको फलामको रडमा प्लाष्‍टिको डोरीले पासो लगाई सोही बैंकको गार्ड जिल्ला चितवन माडी नगरपालिका-९ अयोध्यपुरी घर भई हाल भरतपुर-५ गिरीचोकमा डेरा गरी बस्ने बर्ष ४२ को मिलन पण्डित झुण्डी मृत अवस्थामा फेला परेका छन । यस घटनाहरुको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । साथै राप्ती नगरपालिका-५ चौकिडाँडा स्थित बस्ने अन्दाजी २२/२३ वर्षीय सुमन स्याङतानको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको सुत्ने कोठामा फलामको पाईपको बलोमा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा निजको भाई गणेश स्याङतानलेदेखि तत्काल पासो काटी उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा निज सुमन स्याङतानको उपचारको क्रममा मृत्यु भएको हो । यस घटनाहरुको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।