प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१० बसपार्क स्थितबाट प्रहरीले बिशेष सुचनाको आधारमा लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । शंकास्पद किसिमले हिडिरहेको अवस्थामा प्रहरीले जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने अन्दाजी ५५ वर्षीय पर्देसी माझी थारू लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिईएको हो । प्रहरीले निजले पछाडी भिरेको कपडाको झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ५ के.जी. ५०० ग्राम फेला पारेको थियो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।