प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक  थापाले  जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय चितवनको वस्तुस्थितिको जानकारी लिनुका साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको जानकारी लिनुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक थापाले चितवन जिल्लाको भौगोलिक संवेदनशीलता लाई मनन गरी तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।