प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा आगलागिबाट लाखौंको क्षति

२०७९-१०-२१

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-८ सांघुटार बस्ने अमृत सिटौलाको २ तले घरमा सञ्चालनमा रहेको सरिता ईन्टरप्राईजेट (भांडा पसलमा) अचानक बिधुत सर्ट भई आगलागी भएको छ । जिल्ला तनहुं शुक्ला गण्डकी नगरपालिका-२ दुलेगौडा बस्ने सरिता श्रेष्ठले उक्त सटर भाडामा लिई संचालन गरेको सरिता ईन्टरप्राईजेट (भांडा पसलमा) अचानक बिधुत सर्ट भई आगलागी भएको हो । आगलागिबाट पसल भित्र रहेको सरसामान, भांडाकुडा, कागजपत्र तथा घर (दुई वटा कोठा) सहित गरी अन्दाजी १५,००,००/- (पन्ध्र लाख) बराबरको क्षति भएको छ । साथै सोहि आगलागीबाट त्रिपुरा सुन्दरी गाउँपालिका-८ बस्ने बिकाश ठकुरीले सोहि स्थितमा संचालन गरेको (सजिना खाजा घर) होटेलमा समेत आगलागी हुँदा, होटेल भित्र रहेको अन्दाजी ५०/६० हजार बराबरको सरसामान जलि क्षती भएको छ । आगोबाट कुनै मानबिय तथा चौपाय क्षति नभएको । उक्त आगो नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलि खटिई गई दमकल तथा स्थानियको सहायताबाट पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।  यस घटना बारे थप अनुसन्धान कार्य भईहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।