प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा

२०७९-१०-११

  • A
  • A-
  • A+
Share

धादिङ गल्छी गाउँपालिका-६, सुत्केरीढुङगा स्थित लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा लिएको छ । लागुऔषध ब्युरो कोटेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटीएको प्रहरी टोलिले जिल्ला धादिङ गजुरी गाउँपालिका-८, किरानचोक बस्ने ३२ वर्षीय विर बहादुर तामाङले लुकाई छिपाई राखेको अन्दाजी ३४.५ किलो लागुऔषध चरेश फेला परेका थिए । निज विर बहादुर तामाङलाई ईलाका प्रहरी कार्यालय गजुरी बुझाई थप अनुसन्धान कार्य भईरहेको छ । 

 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।