प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-१०-०८

  • A
  • A-
  • A+
Share

 धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, माझिमटार चौकी अगाडी पृथ्वीलोकमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरी चौकी जोगिमाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौबाट पोखरा जाँदै गरेको बा.२.ख.१४१०.नं.को माईक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सावार जिल्ला धादिङ धुनिबेसी नगरपालिका-३, बस्ने २३ वर्षीय निश्चल पुरीले बोकेको जेब्रा झोला भित्र अन्दाजी ४ किलो लागुऔषध गाँजा फेला परेका थिए । निज निश्चल पुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।