प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-१०-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-३, कामी डाँडा स्थित भित्री सडक खण्डमा बस्तिपुर बाट भुर्लुङ टाडी तर्फ जाँदै गरेको ना.२.ह १०५९ नं.को अटो आफै अनियन्त्रित भई सडक बाट अन्दाजी ६० मिटर तल खोल्सामा खस्न गई दुर्घटना हुँदा अटो चालक जिल्ला मकवानपुर मनहरी-३, रातोमाटे बस्ने अन्दाजी ४५ वर्षीय निलकण्ठ पुडासैनी घाईते भई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाएको । शरिरको विभिन्न भागमा चोट अवस्था गम्भिर । 

 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।