प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०९-२९

  • A
  • A-
  • A+
Share

दोलखा, मेलुङ गाउँपालिका-१ दियालेखर्क बस्ने ५१ वर्षीय कृष्ण बहादुर भुजेल आफ्नै घर नजिकैको खेतमा पानि लगाउने कुलोमा मृत अवस्थामा फेला परेका छन । निज घरबाट निस्की हिडेकोमा राती अबेर सम्म पनि घर फर्की नआएकोले आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा घरदेखी अन्दाजी १०० मिटर पश्चिम तर्फ खेतमा पानी लगाउने कुलोमा घोप्टो परेको अवस्थामा मृत रुपमा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।