प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ स्थित भिमान चेकपोष्ट नजिकै बि.पि.राजमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा धरान बाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४  ख ५०६० नं. को हायसको बाया तर्फको ५ नं. सिटमा सवार जिल्ला काठमाण्डौ किर्तिपुर नगरपालिका-१०, बस्ने ३७ वर्षीय नरेश श्रेष्ठले लगाएको कालो रङको ज्याकेटको बाहिरी खल्तीमा कालो प्लाष्टिकमा पोका पारी राखिएको खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ अन्दाजी ५.८ ग्राम सहित निज लाई पक्राउ गरी यस कार्यालयमा ल्याई आवस्यक अनुसन्धान गर्दा निजको साथमा रेडमि कम्पनी र स्यामसुङ कम्पनीको मोबाईल थान १-१ र नगद रु ३८,०००(अर्तिस हजार) सहित नियन्त्रणमा लिईएको ।  घटना सम्बन्धी आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।