प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-०९-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजार स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । पैदल हिडिरहेको अवस्थामा जिल्ला बारा जितपुर-सिमरा उपमहानगरपालिका-७, बस्ने २९ वर्षीय बिनोद सहनिलाई प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलिले शंका लागि चेकजाँच गर्दा निज बिनोद सहनि कम्मरमा प्लास्टिकले बेरि लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा १ के.जि. ६०० ग्राम फेला पारेका थिए । निज बिनोद सहनी र सोहि बस्ने ४५ वर्षीय बुनि सहनी लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।  


सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।