प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अबैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरु नियन्त्रणमा

२०७९-०९-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१७ सालकपार्क स्थित प्रहरीले बिशेष सुचनाको आधारमा अबैध अमेरिकी डलर देखाई ठगी गर्ने ४ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा आउने जिल्ला सिन्धुपाल्चोक बाह्बिसे नगरपालिका-३ बस्ने बर्ष अन्दाजी २१ को सोम बहादुर बम्जन, सोहि बस्ने बर्ष अन्दाजी ३३ को दिबस बम्जन, सोहि नगरपालिका-४ बस्ने बर्ष अन्दाजी २८ को कान्छा तामाङ र त्रिपुरासुन्दरी गाउँपालिका-३ बस्ने बर्ष अन्जी २८ को सुक्र तामाङ रहेका छन । निजहरुले प्रयोग गरेको बा.५० प ९३७२, बा.प्र.०२-०३४ प ४२८७, बा.प्र.०२-०१९ प ९६२६ नं.को मोटरसाईकल, अमेरिकी डलर १७४१ र नेपाली रु.६,२१०।- (छ हजार दुई सय दश) सहित नियन्त्रणमा लिएको छ । यस घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
निरीक्षण तथा निर्देशन
२०७९-१०-२२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक  थापाले  जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय चितवनको वस्तुस्थितिको जानकारी लिनुका साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको जानकारी लिनुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक थापाले चितवन जिल्लाको भौगोलिक संवेदनशीलता लाई मनन गरी तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।

झुण्डी मृत्यु
२०७९-१०-२२

मकवानपुर, गढि गाउँपालिका-४ सयपत्री टोल बस्ने ज्ञान बहादुर बल को श्रीमती बर्ष ३० कि शान्ति बलको झुण्डी मृत्युब भऐको छ । निज आफ्नै घरमा आफु सुत्ने कोठामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । साथै हेटौडा उप-महानगरपालिका-१४ उत्तरपानि बस्ने बर्ष ४४ को सालिकराम घलानको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर देखि अन्दाजी १०/१५ मिटर पुर्ब तर्फ रहेको काप्रोको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला रहेका थिए । साथै चितवनमा पनि भरतपुर महानगरपालिका-५ स्थितमा रहेको कामना बिकाश बैंकको ट्वाईलेटको भेन्टिलेटरको फलामको रडमा प्लाष्‍टिको डोरीले पासो लगाई सोही बैंकको गार्ड जिल्ला चितवन माडी नगरपालिका-९ अयोध्यपुरी घर भई हाल भरतपुर-५ गिरीचोकमा डेरा गरी बस्ने बर्ष ४२ को मिलन पण्डित झुण्डी मृत अवस्थामा फेला परेका छन । यस घटनाहरुको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७९-१०-२२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय चितवन निरीक्षणको क्रममा चितवन जिल्ला स्थितका स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवार, बिभिन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । छलफलका क्रममा प्रदेशको शान्ति, सुरक्षाका विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ  ।

धादिङमा आगलागिबाट लाखौंको क्षति
२०७९-१०-२१

धादिङ, निलकण्ठ नगरपालिका-८ सांघुटार बस्ने अमृत सिटौलाको २ तले घरमा सञ्चालनमा रहेको सरिता ईन्टरप्राईजेट (भांडा पसलमा) अचानक बिधुत सर्ट भई आगलागी भएको छ । जिल्ला तनहुं शुक्ला गण्डकी नगरपालिका-२ दुलेगौडा बस्ने सरिता श्रेष्ठले उक्त सटर भाडामा लिई संचालन गरेको सरिता ईन्टरप्राईजेट (भांडा पसलमा) अचानक बिधुत सर्ट भई आगलागी भएको हो । आगलागिबाट पसल भित्र रहेको सरसामान, भांडाकुडा, कागजपत्र तथा घर (दुई वटा कोठा) सहित गरी अन्दाजी १५,००,००/- (पन्ध्र लाख) बराबरको क्षति भएको छ । साथै सोहि आगलागीबाट त्रिपुरा सुन्दरी गाउँपालिका-८ बस्ने बिकाश ठकुरीले सोहि स्थितमा संचालन गरेको (सजिना खाजा घर) होटेलमा समेत आगलागी हुँदा, होटेल भित्र रहेको अन्दाजी ५०/६० हजार बराबरको सरसामान जलि क्षती भएको छ । आगोबाट कुनै मानबिय तथा चौपाय क्षति नभएको । उक्त आगो नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलि खटिई गई दमकल तथा स्थानियको सहायताबाट पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।  यस घटना बारे थप अनुसन्धान कार्य भईहेको छ ।