प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०९-२०

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९, भिमान स्थित बि.पि. राजमार्गमा काठमाण्डौ बाट बर्दिबास तर्फ आउँदै गरेको प्रदेश २-०४-००१ ख. ००७४ नं. को ट्रकले पैदलयात्री जिल्ला महोत्तरी बर्दिबास नगरपालिका-१४, बस्ने २२ वर्षीय पंकज कुमार साह लाई ठक्कर दिई उक्त ट्र्क सडक बाट अन्दाजी ५ मिटर तल खसी दुर्घटना हुँदा ट्रक चालकको वाँया हातमा चोट, ट्रकमा सवार सह चालक २४ वर्षीय गणेश जंग चौहानको बाया हातमा चोट र पैदल यात्रीको टाउकोमा चोट लागि अवस्था सिरियस रहेकोले उपचारको लागि जिल्ला अस्पताल सिन्धुली तर्फ पठाईएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।