प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रहरी दर्पण कार्यक्रम प्रशारण सम्झौता नवीकरण

२०७९-०९-१९

  • A
  • A-
  • A+
Share

प्रहरी गतिविधीलाई संचार माध्यम मार्फत आम नागरिक समक्ष पुर्‍याउने सन्दर्भमा संचार माध्यमसंग औपचारिक समन्वयका साथ अगाडि बढ्ने मूल अभिप्रायका साथ बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा निर्माण गरी सर्बोत्कृष्ट मिडिया प्रा.लि. द्वारा संचालित नेशनल गोल्ड टेलिभिजनबाट पाक्षिक रुपमा प्रशारण गरिँदै आएको प्रहरी दर्पण कार्यक्रम प्रशारण सम्बन्धी सम्झौता नवीकरण पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र सर्बोत्कृष्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक उज्वल चौलागाइँले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।