प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा फेला

२०७९-०९-१८

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजार स्थित तिनकुने चोकमा लागुऔषध गाँजा फेला परेको छ । ईलाका प्रहरी कार्यालय, मुग्लिङबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको गस्ति टोलिले मुग्लिङ बजारमा तिनकुने चोक स्थित भेटाएको निलो जेब्रा झोला को-कस्को हो भनि सोधपुछ गर्दा कसैको पनि नभए पश्चात उक्त झोला खोली चेकजाँच गर्दा उक्त झोला भित्र अन्दाजी ४ के.जि. लागुऔषध गाँजा फेला परेको थियो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।