प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित २ जना मानिसहरु प्रहरीको नियन्त्रणमा

२०७९-०९-१७

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-६ कानढुग्रे स्थित वि.पि राजमार्गमा प्रहरीको चेकिङ टोलीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाबाट काठमाण्डौ तर्फ आउँदै गरेको चालक जिल्ला धनुषा मिथिला नगरपालिका-९ वस्ने वर्ष २२ को धिरज ठाकुरले चलाई ल्याएको प्रदेश ३-०२-०११ प ८८८६ नम्बरको मोटरसाईल रोकी चेकजाँच गर्दा सोही मोटरसाईकल पछाडी सवार सोहि मिथिला-९ बस्ने वर्ष २६ को सर्वन साहले लगाएको ज्याकेटको दायाँ खल्तीबाट औषधि जन्य लागुऔषध फेला परेको थियो । निजहरुको साथबाट Codeine phosphate (Exiplon) लेखिएको १०० ML को ४ बोतल जम्मा ४००ML, Nitrazepam(Nitravet) लेखिएको ३ पत्तामा जम्मा ४४ ट्याप्लेट, Spasmo-proxyvon plus लेखिएको २ पत्तामा १४ ट्याप्लेट लागुऔषध फेला परेको थियो । प्रहरीले उक्त मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अन्य अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।