प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०९-१५

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-६ पोखरे खोला स्थित लागुऔषध गाँजा बिक्रि बितरण गरिरहेको अवस्थामा २ जना मानिसलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बिशेष सूचनाको आधारमा सो ठाउँमा लागुऔषध खरीद गर्ने व्यक्ति जिल्ला कपिलबस्तु बाडगंङगा नगरपालिका-१ बस्ने ४० वर्षीय दिवस सुनार र विक्रि गर्ने व्यक्ति गजुरी-६ पोखरेखोला बस्ने ४३ वर्षीय बसन्त अधिकारीलाई नियन्त्रणमा लिएको हो । निजहरुलाई अन्दाजी १ किलो  लागुऔषध  गाँजा सहित नियन्त्रणमा लिईएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।