प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा आगलागीबाट लाखौंको क्षति

२०७९-०९-१४

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-३ झुरझुरे स्थितमा रहेको किरण पोल्ट्री फार्म प्रा.लि,मञ्जु श्री दाना प्रा.लि.मा अचानक करेन्ट सट भई आगलागि भएको छ । आगलागिबाट फ्याक्ट्रीमा भएको अण्डा राख्ने किरेट ५०० बण्डल, EC कुलर प्याड थान ५, (चल्लाको तापक्रमलाई कन्ट्रोल गर्ने मेसिन) लगाएत वाईरिङको तारहरू जली नष्ट भएको छ । आगलागिबाट अन्दाजी ९/१० लाख बराबरको क्षति भएको । आगो दमकल, स्थानिय र प्रहरीको संयुक्त सहयोगमा पुर्ण रूपमा नियन्त्रणमा आएको हो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।