प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अबैध सालको काठ बरामद

२०७९-०९-०६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१४ स्थित असिनेको खोले खोके सामुदायिक बनको जंगलमा सोहि बस्ने ३५ वर्षीय सिताराम माझीले साल जातको काठ काटी बा ३ ख  ९५०७ नं. को टिफरमा लोड गरी ईन्द्रावती गाउँपालिका-१० को झोलुङगे पुल तर्फ लिएर जाँदै गरेको अवस्थामा प्रहरीले टिफर चालक सहित ११ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । उक्त टिफरमा लोड १४ वटा सालको गोलिया काठ बरामद गरिएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।