प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

१२००० भोल्टको बिजुलीबाट करेन्ट लागि मानिस गम्भिर घाईते

२०७९-०९-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ कर्रा स्थितमा १२००० भोल्टको बिजुलीको पोलमा चडी CB नेटको तार जोडने क्रममा सोहि नेटको कर्मचारीलाई करेन्ट लागि गम्भिर घाईते भएका छन । घाईते हुने मानिस जिल्ला काभ्रे चौरी देउरालि गाउँपालिका-२ घर भई उक्त CB नेटको काम गर्ने २८ वर्षीय सोम प्रधान रहेका छन । निज १२००० भोल्टको बिजुलीको पोलमा चडी CB नेटको तार जोडने क्रममा अचानक करेन्ट लागि तल खस्न गई घाईते भएका थिए । घाईते प्रधानको उपचार हेटौडा अस्पतालमा भईरहेको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।