प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा भवन उद्घाटन सम्पन्न

२०७९-०९-०४

  • A
  • A-
  • A+
Share

ईलाका प्रहरी कार्यालय देवीटार काभ्रेको नवनिर्मित भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा नवनिर्मत कार्यालय, ब्यारेक तथा भान्छाघरको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले भौतिक पूर्वाधारको विकासले प्रहरीको काम कारबाहीलाई अझ ब्यवस्थित र प्रभावकारी तवरले सम्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।