प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भिर बाट लडी मानिस बेपत्ता

२०७९-०९-०४

  • A
  • A-
  • A+
Share

दोलखा, बिगु गाउँपालिका-१ लामाबगर स्थितमा रहेको दुगड हाईड्रो कम्पनीमा काम गर्ने कामदार सोहि स्थितमा रहेको लामाबगरबाट लप्चे जाने बाटो (देउराली भिर ) खन्ने क्रममा लडी बेपत्ता भएका छन । बेपत्ता हुने मानिस जिल्ला कैलाली घोडाघोडी नगरपालिका-५ बस्ने ४९ वर्षीय दिल बहादुर घर्ती क्षेत्री रहेका छन । निज बाटो खन्ने क्रममा अचानक डोरी छिनी भिरबाट खसी बेपत्ता भएका हुन । निजको खोजतलाश नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सहकार्यमा जारी रहेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।