प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-०९-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१० बसपार्क स्थिमा प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले लागुऔषध गाँजा सहित २ जना मानिसलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने कैलाश गाउँपालिका-६ बस्ने ३२ वर्षीय फुलमाँया घलान र सोहि बस्ने ३४ वर्षीय मनमाँया घलान रहेका छन । प्रहरीले निजहरुलाई हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २ (दुई) वटा झोलामा लागुऔषध गाँजा तौल गर्दा ८ के.जि. फेला पारेको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।