प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

जंगली घारे माहुरीले टोकेर मानिसको मृत्यु

२०७९-०८-२४

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-७ बस्ने सोहि वडाको वडा सचिव ५० वर्षीय प्रेम बहादुर रायक्षेत्रीलाई जंगली घारे माहुरीले टोकेर अशक्त बनाएको छ । निज रायक्षेत्री वडा कार्यालयबाट घर फर्किने क्रममा माथिल्लो पथराई स्थित निजको घरमुनी बाटोमा जंगली घारे माहुरीले टोकी बाटोमा बेहोस भई ढली रहेको अवस्थामा स्थानियले देखि उपचारको लागि तत्काल नमुना अस्पताल हरिवन लगिएकोमा निजको उपचारको क्रममा मुत्यु भएको हो । यस घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरेहको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।