प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षति

२०७९-०८-२२

  • A
  • A-
  • A+
Share

दोलखा, बैतेश्वर गाउँपालिका-५ लक्ष्यबेसी बस्ने ७४ वर्षीय ठुलीकान्छी राउत को घरमा अचानक आगलागी भएको छ । उक्त आगो घरदेखि अन्दाजी १० मिटर नजिकै रहेको मन्दिरमा बालेको धुप परालमा सल्कन गई घरमा आग लागि भएको हो । आगलागीबाट निजको छोरा सुमन राउतको घर समेत जलेको छ । आगोबाट कुनै मानविय, चौपाय क्षती भएको छैन भने दुबै घरभित्र रहेको अन्नपात, भांडाबर्तन, लत्ताकपडा र घरसमेत गरी अन्दाजी रु.१७,००,०००।– (सत्र लाख) बराबरको धनमाल जलि नष्ट भएको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।