प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-१५

  • A
  • A-
  • A+
Share

काभ्रे, रोशि गाउँपालिका-८, गिम्दी बेशी स्थित बि.पी. राजमार्गमा भकुण्डेबेशी बाट मंगलटार तर्फ जाँदै गरेको बा ९३ प १६०७ नं.को मोटरसाईकलमा सवार २ जना आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिन गई  उपचारको लागि स्थानिय मेडिकलमा उपचार गरि थप उपचारको लागि धुलिखेल अस्पताल पठाईएको,मोटरसाईकल चालक जिल्ला काभ्रे नमोबुद्द नगरपालिका-६, बस्ने २२ वर्षीय सुदिप चापागाई लाई शरिरमा चोट लागेको,पछाडी सवार २४ वर्षीय हरी थारू टाउको ,कानमा चोट,बोल्न नसक्ने अवस्था रहेको ।  घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।