प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षती

२०७९-०८-१०

  • A
  • A-
  • A+
Share

दोलखा, बिगु गाउँपालिका-१ छेदछेद बस्ने ५५ वर्षीय संगे तामाङको बाख्रा बाध्ने गोठमा कुंडो पकाउने क्रममा चुलोबाट अचानक आगो सल्कन गई आगलागी हुँदा उक्त गोठ पुर्ण रुपमा जलि नष्ट भएको छ । उक्त आगलागीबाट गोठ भित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाबर्तन र गोठमा रहेका ९ वटा बाख्रा जलि मृत्यु भएको छ । आगलागीबाट अन्दाजी रु.१,६०,०००/– (एक लाख साठी हजार) बराबरको धनमाल जली क्षती भएको छ । उक्त आगलागीबाट कुनै मानविय क्षती भने भएको छैन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।