प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा अवैध बच्चा जन्माई हत्या गरेको

२०७९-०७-३०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-५, कल्लेरी बस्ने प्रेम तामाङको श्रीमती २२ वर्षीया रबिना तामाङले अबैध रूपमा छोरा जातको शिशु जन्माई जिउँदै घाँटी थिची, मुखमा हातले थुनि हत्या गरी निजको घर बाट अन्दाजी ५० मिटर दक्षिण सार्वजनिक खरबारीमा अन्दाजी २ फिट खाडल खनी उक्त शिशुलाई पुरी हत्या गरेको । निज रबिना तामाङलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको ।


सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।